गण्डकी सरकारको बजेटबाट ५० करोड हरायो, संसद् स्थगित

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेकाे छ । सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक रोेकेको हो ।
एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटको हिसाब नमिल्दासम्म संसद् अघि बढ्न नसक्ने बताए । बजेटको पूरा आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब नमिलेको हो ।
४९ करोड ९ लाख ७५ हजारको हिसाब नमिलेको देखिन्छ । सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटको स्रोत नेपाल सरकार र आन्तरिक आम्दानी हो ।
सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख पाउने अनुमान छ । यस्तै, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानमा ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख पाउने अनुमान छ ।
प्रदेशको आन्तरिक श्रोतबाट ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान छ भने चालू वर्षमा खर्च नभएको २ अर्ब ९४ करोड तथा बाँकी १ अर्ब ७० करोड आन्तरिक ऋण लिने प्रस्ताव छ । यो सबै शीर्षक जोड्दा ३२ अर्ब ४८ करोड ७६ लाख मात्रै हुन्छ । विपक्षी दल एमालेले बिग्रिएको हिसाब खोजेका छन् ।
‘यो हिसाब कसरी मिल्छ ? सरकारको प्रष्टीकरण के हो ?,’ दलका उपनेता लीलाबहादुर थापाले भने, ‘संसद् चल्नुअघि हिसाब मिल्नुपर्छ ।’ अघिल्लो वर्ष पनि उनले बजेटको हिसाब नमिलेकोमा प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली