भारतीय दूतावासले लुम्बिनीमा मनायो योग दिवस

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बृहत् योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
‘स्वयम् र समाजका लागि योग’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा राजदूतावासलाई धन्यवाद दिए ।
स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताउँदै उनले योग सबैका लागि आवश्यक रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए ।
शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रूपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको समेत उनले बताए । राजदूत श्रीवास्तवले लुम्बिनी विकास कोषसँग सहकार्य गरी राजदूतावासले हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि घोषणा गरे ।
सो कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीका साथै सोही क्षेत्रका करिब एक हजार जनाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल