चपुर–पथलैया प्रसारण लाइनमा रुख ढल्दा क्षति, विद्युत् आपूर्ति प्रभावित
बिहीबार, ०६ असार २०८१, १२ : ५८

काठमाडौँ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ । बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।
राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु