चार चेपाङलाई सहिद घोषणा गर्न माग
बिहीबार, ०६ असार २०८१, १२ : २८

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत सुवेदीले चार जना चेपाङलाई सहिद घोषणा गर्न माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले २०३४ सालमा चितवनको जुगेडीमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चेपाङ किसानहरूको सहभागितामा स्थानीय सामन्तविरुद्ध भएको विद्रोहमा तत्कालीन पञ्चायती शासकहरूको दमनबाट दशरथ चेपाङ, सन्तबहादुर चेपाङ,नन्दलाल चेपाङ र रुद्रबहादुर चेपाङको मृत्यु भएपनि सरकारले उनीहरूलाई राज्यले सम्मान नदिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘अहिलेसम्म पनि उहाँहरूलाई सहिदको सम्मान दिन राज्यले कन्जुस्याइँ गरिरहेको छ । थुप्रै पटक राज्यसँग यसबारे ध्यानाकर्षण गराइसके पनि सुनिएको छैन’, उनले भनिन, ‘म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो