कांग्रेस महामन्त्री शर्माको प्रश्न : रास्वपाको शब्दकोशमा नैतिकता छ कि छैन ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका छन् । बिहीबार काठमाडौँमा नेपाल महिला सङ्घद्वारा आयोजित कार्यक्रममा शर्माले लामिछानेमा नैतिकताको खडेरी देखिएको टिप्पणी गरेका हुन् ।
सहकारी प्रकरण ठगीमा संसदीय विशेष छानबिन समिति बन्दा पनि गृहमन्त्री लामिछानेले राजीनामा नदिएको भन्दै महामन्त्री शर्माले प्रश्न उठाए । ‘अहिले नैतिकताको खडेरी परेको छ, नयाँ दल आउँदै गर्दा त हामीलाई प्रश्न गरिनुपर्ने, संसदीय छानबिन समिति बन्यो, कुनैबेला समिति बन्दै गर्दा तत्कालीन अर्थमन्त्री डा रामशरण महत, जनार्दन शर्माले राजीनामा दिनुभयो,’ उनले भने, ‘अहिले पनि समिति बनेको छ तर गृहमन्त्रीले राजीनामा दिनुभएन ।’
गृहमन्त्री लामिछानेमा नैतिकताको खडेरी देखिएपनि कांग्रेसले राजीनामा नमागेको उनको भनाइ थियो । यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शब्दकोशमा नैतिकता छ कि छैन भन्दै प्रश्न गरे । ‘हामी जान्दछौँ नयाँ दलको डिसनेरी (शब्दकोश)मा प्रश्न र आवेग छ केही गरौँला भन्ने ऊर्जा पनि छ । तर, आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन ? हामी सोध्न चाहँदैनौँ ,’ महामन्त्री शर्माले भने ।
रास्वपा सभापति लामिछानेको शब्दकोशमा नैतिकता छ कि छैन भनेर पार्टीभित्र प्रश्न नउठेको महामन्त्री शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’