पूजाको ‘दान्भी’ले कति पायो शो ?

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले फिल्मलाई राम्रो शो छ्ट्याएका छन् ।
मल्टिप्लेक्स क्युएफएक्सले फिल्मलाई काठमाडौँमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर, बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले राम्रो शो पाएको छ । फिल्मको उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदै छ ।
रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । पूजाको एक्सन प्रचार गरिएको कारण पनि दर्शक हुने अपेक्षा सहित फिल्मलाई राम्रो शो दिइएको हो ।
फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।
सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य कोरियोग्राफी छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण जिम्मा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?