आज ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । यसैको निरन्तरता केन्द्रीय बैंकले आज १४ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्ने भएको हो ।
जेठ ३१ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कूल ६२ खर्ब ४२ अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब ३३अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०.०८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ ।
बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ । जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन पत्र खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?
-
डान्सबारमा बालिका बेच्ने पक्राउ
-
अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
-
गभर्नर नियुक्तिमा गम्भीर देखिएन सरकार