कांग्रेस निकट महिला नेतृत्वलाई देउवाको सुझाव : विद्या भण्डारीजस्तै सक्षम बन्नोस्
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् । बिहीबार कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भण्डारी जस्तै सक्षम बन्न सुझाव दिएका हुन् ।
‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ । नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’, देउवाले भने ।
उनले निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने आफ्नो पार्टीले हार्ने भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । साथै कांग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक पर्ने उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
धरहरामा मानिसहरूको भीड, तस्बिरमा हेर्नुहोस्
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती