संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफलमा जुटेन सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच सङ्घीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विनानिश्कर्ष सकिएको छ ।
सभामुख देवराज घिमिरेको निवासमा बिहीबार भएको छलफल बिना निश्कर्ष सकिएको हो । ‘छलफल भयो तर कुनै सहमति हुन सकेन । कर्मचारीका माग तत्काल सम्बोधन हुन सक्ने देखिएन’, स्रोतले भन्यो।
यसअघि कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरेका थिए । संसद्का कर्मचारीहरू अतिरिक्त कामको थप सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरुले बुधबार र बिहीबार ५ बजेपछि संसद चल्दा ब्ल्याक आउट गर्दै आएका छन् ।
बजेटमाथि संसदमा महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएर छलफल चलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु