कटहरियाको दसौँ नगरसभाद्वारा ५२ करोड बढीको बजेट पारित
रौतहट । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभा सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राङ्गणमा आयोजित एक समारोहका बिच नगरसभा सम्पन्न भएको हो। जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक वर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो।
कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौँ बजेट सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२हजार, ३८४ रुपैयाँ ४० पैसाको बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको छ।
कृषि तथा किसानलाई प्रोत्साहन स्वरूप कृषि विद्युत् मिटर जडान गरी कृषि कार्यमा उठेको विद्युत् महसुल नगरपालिकाले शतप्रतिशत अनुदान दिइने भनिएको छ।
यसैगरी कृषिमा आधुनिक व्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरूप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाइने ,कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्री वितरणको व्यवस्था गरिने छ।
पशुपन्छी, मत्स्य, पालन भूमि व्यवस्था तथा सहकारी, पर्यटन तथा संस्कृतिमा स्थानीय पर्यटन, उद्योग वाणिज्य तथा बितिय र सामाजिक बिकास तर्फ जोड दिइएको छ।
शिक्षा तथा खेलकुदमा क्याम्पस अध्ययनरत विद्यार्थीहरूलाई पठन पाठनमा लाग्ने शुल्कमा क्याम्पसलाई विशेष अनुदानको व्यवस्था समेत मिलाइएको छ। नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणमा निरन्तरता दिँदै नगर भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ।
यसैगरी स्वच्छ खानेपानीको लागी सञ्चालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाइ अन्तर्गत स्वच्छ सहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताइएको छ।सभामा लैङिक समानता तथा सामाजिक समावेशीकरण समेत समेटिएको छ।
पूर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल,सिचाई तथा नदी नियन्त्रण , भवन तथा सहरी विकास,सञ्चार,ऊर्जा समेत समेटिएको छ। वातावरण तथा बिपद् व्यवस्थापन तर्फ, संस्थागत विकास तथा सेवा प्रवाह र बितिए व्यवस्थापन लगायतका कार्यक्रमहरू समावेश गरिएको छ।
मेयर अजय प्रकाश जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, लगायतको सहभागिता रहेको थियो। नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म