बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १८१ रनको लक्ष्य

बिहीबार, ०६ असार २०८१, ०८ : ११
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ । सुपर–८ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, ३२ बल खेलेका किकोलस पुरन र १७ बलको सामना गरेका रोभम्यान पावेलले ३६÷३६ रन बनाउँदा १३ बल खेलेर २३ रन जोडेकाब्रेन्डन किङ रिटायर्ड हर्ट भए । शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।

अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान  एक÷एक विकेट आफ्नो नाममा गरे  ।

यसअघि भएको सुपर–८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप