बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तानी मोडल डा. एलियाले खेलिन् नेपाली भिडियो

बिहीबार, ०६ असार २०८१, ०८ : ००
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । पाकिस्तानी मोडेल डा. एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ । भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएका छन् । 

गीतमा स्वर पनि लामाकै छ । युवाको प्रेम र आकर्षण व्यक्त गरिएको गीतमा शब्द र सङ्गीत डा. एलिया सोयव र सुरेश लामाकै छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङको छ ।

पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा निर्मल कुमार लामा ( बिजी) को निर्देशन छ । नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रूपमा नेपाली फ्यानहरू माझ लोकप्रिय छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप