हंगेरीलाई हराउँदै आयोजक जर्मनी अन्तिम १६ मा
स्टुटगार्ट । युरो २०२४ मा आफ्नो विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार राति भएको समूह एको खेलमा टोली २–० गोले विजयी बन्यो ।
खेलको २२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
पहिलो खेलमा स्कटल्यान्डमाथि ५–१ को शानदार जित हासिल गरेको जर्मनीले आजको खेलमा भने मेहनत गर्नुपरेको थियो । दुई खेलपछि नै टोलीले प्रतियोगितामा ७ गोल गरिसकेको छ, जुन सन् २०२० को युरोमा टोलीले ४ खेलमा गरेको कूल गोलभन्दा बढी हो ।
यता, पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी भने प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ । अर्को खेलमा स्कटल्यान्डलाई हराए मात्र टोली अर्को चरणमा पुग्ने आशा बाँकी रहन्छ । यसका लागि पनि टोली अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।
२ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति, उपराष्ट्रपति र सभामुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु पश्चगामी : न्यौपाने
-
पाँचौँ खेलमा भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
-
धोविखोलामा खस्यो कार
-
रास्वपाको केन्द्रीय समिति बैठक जारी
-
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले
-
प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट