‘खाद्य तथा कृषि क्षेत्रका समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ’
_GuEIMMAa25.jpg)
काठमाडौँ । खाद्य तथा कृषि क्षेत्रका सरोकारवालाहरूले यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
खाद्य प्रणालीमा रूपान्तरणको खाँचो रहेको बताउँदै उनीहरुले संयुक्त राष्ट्र संघ, सरकार तथा गैरसरकारी निकायलगायत सबैले खाद्य स्वच्छता तथा सुरक्षामा गम्भीर हुनुपर्ने बताएका हुन् ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) र एशोसियसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज)ले बुधबार आयोजना गरेको खाद्य तथा कृषि रूपान्तरणका पत्रकारिताका विषयक कार्यक्रममा उनीहरुले सो धारणा राखेका छन् ।
एफएओका भुटान र नेपालका प्रमुख केन शिमिजुले कृषि तथा खाद्य क्षेत्रमा रहेका विभिन्न किसिमका चुनौतीहरू सामना गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले खाद्य तथा कृषि क्षेत्रमा सामाजिक सञ्जालले फाइदा भइरहे पनि डिपफेक जस्ता नराम्रा गतिविधि चुनौतीका रूपमा आइरहेकाले पत्रकारहरूले यसतर्फ सचेत रहन जरुरी रहेको बताए ।
क्यानडाको युनिभर्सिटी अफ ओटवाको प्रोफेसर समेत रहेका पत्रकार डा.भानुभक्त आचार्यले सञ्चार माध्यमले सूचना नभई समाचार दिनुपर्ने बताए । उनले अहिले कृषिसम्बन्धी अध्ययन अनुसन्धान तथा र एग्रीकल्चर एड्भोकेसीलाई सञ्चार माध्यमले जोड दिनुपर्ने बताए । सञ्चार माध्यमले हालसम्म कृषिबारे समाचार बनाए पनि त्यसको एजेण्डा बन्न नसकेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशीले वैद्यले खाद्य स्वच्छता बढाउनका लागि लगानी बढाउनुपर्ने बताइन् । आयातित खाद्य वस्तुको नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको उनले बताइन् ।
अनाजका अध्यक्ष किरण आचार्यले कृषि पत्रकारिता अधिक जिम्मेवार र प्राविधिक पत्रकारिता भएकाले अध्ययन अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताए ।
एफएओ नेपालका प्रतिनिधि डा.विनोद साहले कृषि र वातावरणलाई सँगै राखेर दिगो विकास हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म