डी कक र मार्क्रमको शतकीय साझेदारी, अमेरिकासामु १ सय ९५ रनको लक्ष्य
बुधबार, ०५ असार २०८१, २१ : ५३

काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकासामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
डी ककसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन जोडे । उनले चार चौका र १ छक्का हिर्काए ।
हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई विशाल योगफल तर्फ पुर्याए ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । सिंहले ४ ओभरमा २४ रन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]