बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०५ असार २०८१, २२ : ००
बुधबार, ०५ असार २०८१

आज २०८१ असार ५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

निर्वाचन मुद्दा

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनको मुद्दा हारेका छन् । उनको रिट खारेज भएसँगै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैधानिकता पाएका छन् ।  

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।

विपद् पूर्वतयारी

 कोशी प्रदेशमा मनसुन सुरु भएसँगै जनधनको क्षति भइरहेको छ । पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा परेको अविरल वर्षाको कारण कैयौँको घर बगाएको छ भने सयौँ विस्थापित भएका छन् । तर प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने नीतिगत काम नै गरेको छैन । 

मन्त्री बन्न रञ्जितालाई हतारो

मन्त्री फिर्ता बोलाउने विषयमा सत्ता नेतृत्व दल माओवादी केन्द्रभित्र मतभेद देखिएको छ । सत्ता समीकरणमा पछिल्लो फेरबदलपछि बनेका मन्त्रीलाई फिर्ता बोलाउने कि पुराना मन्त्रीलाई फिर्ता बोलाउने भन्नेबारे मतभेद देखिएको हो ।

वैदेशिक रोजगार

 २०७९ वैशाखदेखि बढ्न थालेको रेमिट्यान्स आप्रवाह अझै बढेको बढ्यै छ । कोरोना महामारी घट्न सुरु भएसँगै रेमिट्यान्स आप्रवाह वृद्धितर्फ लम्किएको हो । यसअघि कोरोना महामारीका कारणले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दा २०७८ साउनदेखि रेमिट्यान्स घट्न सुरु गरेको थियो । २०७८ साउनमा रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले खुम्चिएको थियो । 

गृहमन्त्रीविरुद्ध मुद्दा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटको मंगलबार पहिलो नम्बरमै पेशी रहेको थियो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दामा बहस गर्ने भनेर रिट निवेदक अनुपम भट्टराई र रमण कर्ण, लामिछानेका तर्फबाट सुवास आचार्य, नारायण घिमिरे पुगेका थिए । सरकारका तर्फबाट बहस गर्ने भनी नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको नेतृत्वमा टोली पुगेको थियो । 

मुख्यमन्त्रीकै असन्तुष्टि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना योजना भौतिक पूर्वाधार विकास मन्त्रालयले रातो किताबमा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

किसान आक्रोशित

दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगले गरेर करिब ५ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि किसान आक्रोशित बनेका छन् ।  केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालका महासचिव राम प्रसाद आचार्यले १५ दिनमा पाउनुपर्ने रकम ५ देखि ७ महिनासम्म पाउन नसकेको बताए । 

तीन उम्मेदवार ‘गायब’

अन्ततः नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द हुने भएको छ । अध्यक्ष छनोट तथा सिफारिस समितिले अन्तिम तीन जनाको नाम टुङ्गो लगाउन नसक्दा पहिलो चरणको अध्यक्ष छनोट प्रक्रिया बिचमा नै अवरुद्ध हुने सम्भावना बढेको हो । 

सत्ता राजनीति

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तामा कम्ब्याक गर्न दोहोरो संवाद थालेको छ । गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण बदलेपछि प्रतिपक्षमा पुगेको कांग्रेस फेरि सत्तामा फर्किने कसरतमा देखिएको हो । 

एमाले जिल्ला अधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ पदाधिकारी छनोट गरेको हो । जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप