बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

युक्रेनले इयु सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

बुधबार, ०५ असार २०८१, २१ : ३८
बुधबार, ०५ असार २०८१

किएभ । युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । 

सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । 

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गरे । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ । 

“युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भने । 

सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ । - (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप