बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम : विकास र सुशासनमा जोड

बुधबार, ०५ असार २०८१, २१ : ११
बुधबार, ०५ असार २०८१

रुपन्देही । तिलोत्तमा नगरपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनले आर्थिक वर्ष २८१/२०८२ को नीति कार्यक्रम पारित गरेको छ । बुधवार नगर सभामा नगर प्रमुख रामकृष्ण खाँणले नीति कार्यक्रम प्रस्तुत गरिसकेपछि भएको सभाको बैठकले नीति कार्यक्रम माथि सुझावसहित पारित गरेको हो ।

समृद्ध नगर खुसी नगर बासी नगर बासीको सर्वाङ्गीण विकाससँगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तीव्र विकासका लागि उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गर्दै नगरबासीको आकांक्षा पूरा गर्न दृढ सङ्कल्प नीति कार्यक्रमको लक्ष्य रहेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत सहरी विकास योजना, नगरपालिकाको आवधिक योजना कार्यान्वयन गर्न नीति कार्यक्रमले निर्देशन गरेको छ ।

नगरपालिकाले आर्थिक विकास क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकालाई कृषिमा आधुनिकीकरण,व्यवसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउन जन अपेक्षा अनुसार जनताका साझा समस्याहरू समाधान गर्ने प्रकृतिका कृषि क्षेत्रका जनतालाई राहत प्रदान गर्ने तथा आशा जगाउने किसिमका आवश्यक रणनीति निर्माण गर्ने भएको छ ।

१६/३६ मौजा सिचाई प्रणाली अन्तर्गतका कुलाहरू मर्मत तथा निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामाजिक विकासतर्फ तिलोत्तमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक एवं समग्र विकासको लागि नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागु गरिने जनाइएको छ । वाल विकास कक्षादेखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै क्रमशः  आधारभूत तथा माध्यमिक विद्यालयको नतिजा सुधार गर्न वाल विकास कक्षाकोठाको स्तरोन्नति गरी प्रविधिमैत्री बनाइने उल्लेख छ ।

साथै नगरभित्र टिनको छानो भएका सामुदायिक विद्यालयहरूमा फल्स सिलिङ राख्ने व्यवस्था मिलाइनेलगायत नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित नगरपालिकाका कर्मचारीहरूको कार्यसम्पादनलाई नतिजासँग जोड्न प्रमुख सूचकहरूमा आधारित रहेर कार्यसम्पादन नतिजाको आधारमा कार्यसम्पादन प्रोत्साहन प्रणालीलाई निरन्तर दिइने,तिलोत्तमा नगरपालिकाको परियोजना बैङ्क तथा पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमहरूमा बजेट विनियोजन गरी दीर्घकालीन प्रभाव पर्ने किसिमका योजनाहरू सञ्चालन गरिनेछ । यही नीति कार्यक्रम मका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार हुने नगर प्रमुख खाँणले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप