बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा बराबरीमा रोकियो क्रोएसिया

बुधबार, ०५ असार २०८१, २० : ५०
बुधबार, ०५ असार २०८१

काठमाडौँ । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको ।

पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे ।

अर्को पराजयतर्फ अघि बढिरहँदा ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले बराबरी गोल फर्काए । २ मिनेटपछि टोलीले आत्मघाती गोल उपहार पायो । क्लाउस जासुलाले आफ्नै पोस्टमा गोल गरेपछि क्राएसियाले खेलमा अग्रता लियो ।

खेलको अन्त्यतिर लुका मोड्रिचले टोलीको अग्रता फराकिलो बनाउने अवसर पाएका थिए । तर, उनको प्रहार देब्रे पोस्ट नजिकबाट बाहिरिएको थियो ।

इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै समूह बी क्रोएसिया १ अङ्कसहित पुछारमा रहेको छ । समान अङ्क भए पनि अल्बानिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । समूहमा स्पेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप