बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

बुधबार, ०५ असार २०८१, २० : १६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । पञ्चकन्या स्टिल प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात् पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने जनाएको हो ।

ग्रिनप्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेश(जेन्स्)को अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ।

पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप