बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

नक्कली ब्लुबुक बनाएको आरोपमा ४ जना पक्राउ

बुधबार, ०५ असार २०८१, २० : ०६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । सवारी दर्ता प्रमाण पत्र ‘ब्लुकुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।

आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा.२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् । मनोज कुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक किर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।

ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न डीएसपी चक्र मल्लले बताए । मनोज कुमार सुनार असअघि पनि किर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला पहरी परिसर जावलाखेलमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप