सैनिक अदालतले सुनायो महासेनानी मल्ललाई बर्खास्त गर्ने फैसला, सरकारी सेवामा योग्य हुने

काठमाडौँ । सैनिक अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई आगामी दिन सरकारी सेवामा योग्य रहेन गरी बर्खास्त गर्ने फैसला सुनाएको छ ।
जन्म मिति विवादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने तर भविष्यमा सेना बाहेक अन्य कुनै सरकारी नियुक्तिमा जान पाउने बाटो भने खुल्लै राखेर फैसला सुनाएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सुनाएको बताए ।
मल्लका शैक्षिक प्रमाणपत्र र नागरिकतामा अलग–अलग जन्म मिति भेटिएपछि विवादमा परेका थिए । उक्त उजुरी सेनाको अदालतमा परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो ।
प्रारम्भिक छानबिनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो ।
अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा
-
प्रहरी स्टाफ कलेज विवाद : चैत ४ मा दुवै पक्षलाई छलफलमा बोलाउने सर्वोच्चको आदेश