सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

सिरहा । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
सामान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना राति नै भएपनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो । जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनास्थल मुचुल्लका उठाउने कार्य भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख शुनिल कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस