तेक्वान्दो टोली भारत प्रस्थान
बुधबार, ०५ असार २०८१, १८ : ५४

काठमाडौँ । नेपाली तेक्वान्दो टोली सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा प्रस्थान गरेको छ । मे २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय टोली भारत प्रस्थान गरेको हो ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्ने छन् । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन् । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्ने छन् ।
क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन् । प्रशिक्षकमा दीपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र