बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र स्थापना

स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउँछ : स्वास्थ्यमन्त्री कार्की
बुधबार, ०५ असार २०८१, १७ : १५
बुधबार, ०५ असार २०८१

विराटनगर । विराटनगरमा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइ स्थापना भएको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइ स्थापना गरिएको हो । 

उक्त इकाईको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कुमार कार्कीले गरे । बायोमेडिकल व्यवस्थापना इकाइको उद्घाटन गर्दै मन्त्री कार्कीले स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरिय बनाउन बायोमेडिकल व्यवस्थापना इकाइले ठूलो सहयोग पु¥याउने बताए । 

प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने उनले बताए ।

 ‘यो इकाइले प्रदेशभित्र रहेका अस्पताल, जनस्वास्थ्य कार्यालय र अन्य स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने चिकित्सा उपकरणको मर्मत, व्यवस्थापन, र क्यालिब्रेसनमा आवश्यक सहयोग गर्छ,’ उनले भने । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्धनमा पनि सहयोग पुग्ने मन्त्री कार्कीले बताए । 
‘चिकित्सा उपकरणहरुको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई गुणस्तरिय बनाउँछ । यसले बिरामीहरुलाई सही  समयमा उपचार प्राप्त गर्न मद्दत पु¥याउँछ,’ उनले भने । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग सहकार्य गरी निक साइमन्स संस्थानले कोशी प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइ स्थापना गरेको हो । 

यो इकाइको मुख्य उद्देश्य प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिने बायोमेडिकल उपकरणहरूको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणहरूको उचित व्यवस्थापन गरिने साइमन्स संस्थानका कार्यकारी निर्देशक डा. अर्चना अमात्यले बताइन् ।

 ‘स्वास्थ्य सेवामा चिकित्सा उपकरणहरूको कार्यक्षमता कायम राख अत्यावश्यक छ, जसले प्रत्यक्ष रूपमा बिरामी हेरचाहको गुणस्तरलाई प्रभाव पार्छ । उचित उपकरण व्यवस्थापनले स्वास्थ्यकर्मीहरुलाई सही र भरपर्दो उपकरणहरु उपलब्ध गराउँछ,’ उनले भनन्, ‘जसले निदान, उपचार, र निगरानीलाई सुधार गर्छ । साथै, प्रभावकारी व्यवस्थापनले कुशल उपयोग र सञ्चालन लागत कम गर्न मद्दत गर्दछ ।’

प्रदेशभित्र रहेका अस्पतालहरुका बायोमेडिकल उपकरणहरूको मर्मतका लागि उचित व्यवस्थापन प्रणाली सुनिश्चित गर्ने, अस्पतालमा रहेका बायोमेडिकल उपकरणको मर्मत सम्भार न्यूनतम समयमा गर्ने, लागत प्रभावी मर्मत रणनीति लागू गर्न, दक्ष प्रविधिक कर्मचारीहरूबाट चिकित्सा उपकरणहरूको सुरक्षित सञ्चालनलाई बढावा दिनेछ ।

 स्थापना भएको इकाइले प्रदेशभित्र रहेका बायोमेडिकल उपकरणहरूको परीक्षण, स्याहार, सम्भार र मर्मतलाई सुनिश्चित गर्ने, चिकित्सा उपकरण खरिद योजना र कार्यान्वयन र आवश्यक पर्दा बायोमेडिकल उपकरण नीति नियम तर्जुमामा  मन्त्रालय र प्रदेशका अस्पतालहरूलाई सहयोग गर्ने जनाइएको छ ।

स्वास्थ्य संस्थाका प्राविधिक कर्मचारीहरूलाई बायोमेडिकल उपकरणहरूको सही प्रयोग, मर्मत र संरक्षणबारे नियमित तालिम दिनेछ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. विरेन्द्र कुमार मण्डलले प्रादेशिक बायोमेडिकल उपकरण व्यवस्थापन इकाइको स्थापनासँगै स्वास्थ्य सेवा प्रणालीमा गुणस्तर सुधार गर्न ठूलो योगदान पुग्ने बताए । 
‘उपकरणहरूको सही व्यवस्थापन र मर्मतले स्वास्थ्य सेवा प्रदायकहरूको दक्षता बढाउनुका साथै बिरामीहरूको उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेछ । यस इकाइको सफल कार्यान्वयनले स्वास्थ्य क्षेत्रको सुधार र विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप