आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ नेपालीका प्रभावशाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ठुलो फड्को मारेका छन् ।
पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र छैटौँ स्थानमा उक्लिएका छन् । अघिल्लो वरीयताको तुलनामा उनी तीन स्थान माथि उक्लिएका हुन् । अलराउन्डर वरीयताको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कुस स्टोइनिस रहेका छन् ।
यसैगरी दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा, तेस्रो स्थानमा बंगलादेशका सकिब अल हसन, चौथो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र पाँचौँ स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् ।
पछिल्लो अलराउन्डर वरीयतामा भारतका हार्दिक पाण्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली, दक्षिण अफ्रिकाका एडिन मारक्रम, पाकिस्तानका इमाद वसिम नेपालका दीपेन्द्रभन्दा पछाडि रहेका छन् ।
हार्दिक सातौँ, लिभिङस्टोन आठौँ, मोइन अली नवौँ र एडिन मारक्रम १०औँ र इमाद वसिम ११औँ स्थानमा छन् । अलराउन्डर वरीयतामा वेस्ट इन्डिजका रोमारियो सेफर्ड १४औँ, पाकिस्तानका सादाब खान १५औँ, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल १८औँ र मिचेल मार्स २०औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत