बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बुधबार, ०५ असार २०८१, १५ : ५६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले संघीय संसद् भवनको ल्होत्से हलमा असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकले बैठकमा बजेट लगायतका विषयमा छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप