निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन
काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट' सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको कम्पनीले जनाएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने, “निसान म्याग्नाइट एसयुभि उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभि हो, जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ । हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ । यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
-
‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा
-
विवाह बन्धनमा बाँधिँदै प्रभास, को होलिन् बेहुली ?
-
‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने
-
घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक छ : प्रमुख दाहाल