बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

स्वस्थ रहन तपाईं हिँड्नुहुन्छ कि दौडनु हुन्छ ?

बुधबार, ०५ असार २०८१, १५ : १६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । हिँडडुललाई संसारको सबैभन्दा सजिलो र लोकप्रिय व्यायाम मानिन्छ । सबै उमेरका मानिसका लागि हिँड्नु फाइदाजनक मानिन्छ । हिँड्न सजिलो छ र यसको असर स्वास्थ्यमा प्रत्यक्ष देखिन्छ पनि । 

यही कारण मानिसहरूलाई प्रायः बिहान र बेलुका हिँडडुल गर्न सल्लाह दिइन्छ । हिँड्दा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि बढ्छ भन्ने मान्यता छ । धेरैले दौडनु स्वास्थ्यका लागि बढी फाइदाजनक ठान्छन् । यिनीहरू हिँड्नु भन्दा धेरै महत्त्व दौडनुलाई दिन्छन् । तर धेरैजसो मानिसहरू  सुस्वास्थ्यको लागि हरेक दिन दौडने कि हिँड्ने भन्ने द्विविधामा हुन्छन् । आउनुहोस् यससम्बन्धी तथ्यहरू जान्न प्रयास गरौँ । 

न्युयोर्क टाइम्सको एउटा रिपोर्टका अनुसार हिँड्नु र दौडनु दुवै एक अर्कासँग जोडिएका छन् । दुवै अवस्थामा हाम्रो फिटनेसमा सुधार आउँछ । मुटु र फोक्सोको कार्य पद्धति पनि सुध्रिन्छ । 

स्वस्थ रहन र लामो जीवनका लागि तन्दुरुस्त रहन स–साना शारीरिक गतिविधि पनि लाभदायक हुन सक्छन् । हिँड्दा हाम्रो शरीरमा अक्सिजनको खपत बढ्छ, जसले मुटुको धड्कन र श्वासप्रश्वासको गति बढाउँछ । यसले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । हिँड्दा अचम्मको स्वास्थ्य लाभ हुन्छ तर हिँड्ने गतिलाई बिस्तारै बढाएर दौडमा परिणत गर्दा कम समयमा बढी फाइदा लिन सकिन्छ । तर दौडको शुरुवात पनि बिस्तारै हिँडेरै गर्नु पर्छ ।

त्यसो भए स्वास्थ्यको लागि दौडनु राम्रो हो कि हिँड्नु ?

अनुसन्धानकर्ताहरूका अनुसार हिँड्नु भन्दा दौडनु फाइदाजनक छ । दौडँदा हिँड्दा खेरिको भन्दा धेरै तागत, ऊर्जा र शक्ति चाहिन्छ । तेजीको साथ दौडन पर्दैन । सुस्तरी दौडिदा पनि मुटु र फोक्सोलाई कडा परिश्रम पर्छ । यसले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । दौडनुलाई हिँड्दाभन्दा दोब्बर फाइदाजनक मान्न सकिन्छ । विज्ञहरूले हरेक हप्ता १५० देखि ३०० मिनेट दौडनु पर्ने सुझाव दिन्छ । दौडन नसक्नेहरूले छिटो छिटो हिँड्दा पनि हुन्छ ।

सन् २०११ मा ताइवानका वैज्ञानिकहरूले एक अनुसन्धानपछि दैनिक ५ मिनेट जगिङ गर्दा वा दौडिँदा मानिसको आयु बढ्ने बताएका थिए । यही नतिजाका लागि हिँड्नेहरूले भने दैनिक १५ मिनेट खर्चनु पर्ने देखिएको थियो । 

नियमित रूपमा २५ मिनेट दौडिँदा मृत्युको जोखिम ३५ प्रतिशतले घटाउन सकिने अध्ययनमा पाइएको थियो । मृत्युको जोखिम यही अनुपातमा कम गर्न दैनिक १०५ मिनेट हिँड्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप