बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रत्येक प्रदेशमा मा १/१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ : भीम आचार्य

बुधबार, ०५ असार २०८१, १४ : ५४
बुधबार, ०५ असार २०८१

काठमाडौँ । नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै आचार्यले यस्तो असन्तुष्टि जनाएका हुन् ।

सचिव आचार्यले सबै प्रदेशमा रंगशाला निर्माण गर्न पनि सरकारलाई सुझाव दिए ।

उनले पालिकामा एउटा रंगशाला हुनुपर्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने प्रश्ताव पनि गरे ।

सचिव आचार्यले सबै माध्यामिक तहको अध्ययनमा खेलकुदलाई अतिरिक्त विषयको रुपमा अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

 ‘सात वटै प्रदेशमा रंगशाला निर्माण गर्नुपर्छ । त्यसको निश्चित समयसीमा मेरो चाँही ३ वर्षको छ । जिल्ला सदरमुकाममा त्यस्तै खालको रंगशाला निर्माण गर्नुपर्छ । र पालिकामा एउटा रंगशालाको निर्माण प्रदेश सरकारले गर्नुपर्छ’, उनले भने, ‘ठूला सहरमा निर्माणाधिन रंगशालाहरु निश्चित अवधि तोकेर निर्माण कार्य सम्पन्न गर्नुपर्दछ । क्रिकेट खेलले जुन प्रगति गरिरहेको छ । त्यसलाई ध्यान दिएर थप फुटबल, कराँते, यो धेरै मास इन्भल्व भएको खेल हो । लाखौँलाख मानिस यसमा इन्भल्व छन् ।’

सचिव आचार्यले सबै प्रदेशमा १/१ वटा खेलकुद कलेजको व्यवस्था गर्न सरकारलाई दबाब दिए ।

‘सबै खेलका राष्ट्रिय स्तरका खेलाडीहरुलाई मासिक तलवभत्ता, जीविकोपार्जनको व्यवस्था यो बजेटले गर्न सक्नु पर्दथ्यो । र प्रत्येक स्कुलमा खेलकुदको अतिरिक्त पढाई हुनुपर्छ । प्रत्येक प्रदेशमा मा १÷१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ’, आचार्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप