बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

सरकारले दुध किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ : दीपकबहादुर सिंह

बुधबार, ०५ असार २०८१, १४ : ४८
बुधबार, ०५ असार २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार बिहान बक्यौता रकम माग गर्दै काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सांसद सिंहले उनीहरूलाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए । 

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो मन्त्रालयको बजेट न्यून रहेको भन्दै आपत्ति जनाए । मुलुकलाई चिनाउने भरपर्दो माध्यम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।

सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप