बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कांग्रेसलाई ओली कम्फर्टेबल कि प्रचण्ड ?

सत्तामा फर्किन दोहोरो संवाद
बुधबार, ०५ असार २०८१, १४ : ०५
बुधबार, ०५ असार २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तामा कम्ब्याक गर्न दोहोरो संवाद थालेको छ । गत फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण बदलेपछि प्रतिपक्षमा पुगेको कांग्रेस फेरि सत्तामा फर्किने कसरतमा देखिएको हो । 

कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसले सत्तामा फर्किन सत्तासीन माओवादी केन्द्र र सत्ताको प्रमुख घटक नेकपा एमाले दुबैसँग कुराकानी गरिरहेको छ । ‘अहिले माओवादी र एमालेसँग विभिन्न तहमा कुराकानी भइरहेको छ, संवादले औपचारिकता भने पाएको छैन,’ उनी भन्छन् । पार्टीका नेताहरूले एमाले र माओवादीका नेताहरूसँग संवाद गर्न चाहँदा सभापति शेरबहादुर देउवाले ढोका खुला गरेको उनको भनाई छ ।

‘कोही मान्छेले एमालेसँग पनि संवाद गरेका छन् । कोही मान्छेले माओवादीसँग पनि कुरा गरेका छन् । सभापतिजी पार्टीलाई सत्तामा फर्काउन विभिन्न ट्रयाकमा छलफलका लागि तयार देखिनुभएको छ,’ ती पदाधिकारीले भने । 

पुरानै गठबन्धन ब्युँतिन सक्ने अवस्था बन्ने मनोविज्ञान सभापति देउवाको छ । ‘प्रधानमन्त्री प्रचण्डले देउवालाई विभिन्न माध्यमबाट वर्तमान गठबन्धनमा सत्ता सञ्चालन गर्न उकुसमुकुस भयो भन्ने सन्देश पठाएको अवस्था छ,’ ती नेताले भने, ‘प्रचण्डको उक्त सन्देशपछि सत्तामा जाने ठाउँ निस्किन्छ कि भनेर हामीहरू सिरियसरुपमा काम गरिरहेका छौँ ।’

कांग्रेसका ती पदाधिकारीले सर्वोच्चबाट उपेन्द्रको पक्षमा फैसला आएमा सरकार तल–माथि हुने आङ्कलन गरे । माधव नेपाल र उपेन्द्र यादव पुरानो गठबन्धन ब्युँताऔँ भन्ने ठाउँमा पुग्ने कांग्रेसको विश्वास छ ।

पुरानो गठबन्धन ब्युँताउन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकबिच पछिल्ला दिनमा संवाद भइरहेको उनको दाबी छ । ‘केही नयाँ कुरा गर्न सकिन्छ कि भनेर जनार्दन शर्मा र रमेश लेखकबिच संवाद भइरहेको छ । तत्काल कुनै कुरा पाकिहालेको भने छैन,’ उनी भन्छन् । 

प्रमुख सचेतक लेखकले पनि माओवादीसँग निरन्तर संवाद भइरहेको स्वीकार गरे । ‘प्रधानमन्त्री र माओवादीका नेताहरूसँग प्रतिपक्ष र सत्ता पक्षका बिचमा हुने सम्बन्ध कायम छ । संवाद भइरहेको छ,’ उनले भने ।

यता कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसहित केही नेता एमाले नेताहरूसँग संवादमा गरिरहेको कांग्रेसको उच्च स्रोतको दाबी छ । तर, कांग्रेसको प्राथमिकता भने पुरानो गठबन्धन ब्युँताउनेमा देखिन्छ । कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनको मुद्दालाई मसिनो ढंगले नियाली राखेको छ । अशोक राईले गरेको जसपा विभाजनले मान्यता नपाएमा राष्ट्रिय राजनीतिले नयाँ कोर्स समात्ने कांग्रेसको बुझाइ छ ।

‘यो गठबन्धन बनेपछि प्रचण्डजीलाई कांग्रेसका नेता–कार्यकर्ताले यति गाली गरे, यति सरापे । केपी ओलीसँग मिल्नुपर्छ...मिल्नुपर्छ भनेर सबैले भाषण गरे । अहिले कांग्रेसको नेतृत्व तहमा बरु प्रचण्डैसँग मिल्नुपर्छ भन्ने मत बलियो देखिन्छ,’ उनले भने ।

कांग्रेसका ती पदाधिकारीले सर्वोच्चबाट उपेन्द्रको पक्षमा फैसला आएमा सरकार तल–माथि हुने आङ्कलन गरे । माधव नेपाल र उपेन्द्र यादव पुरानो गठबन्धन ब्युँताऔँ भन्ने ठाउँमा पुग्ने कांग्रेसको विश्वास छ । कांग्रेसको ८७, माओवादीको ३२ र उपेन्द्रको १२ र माधव नेपालको १० गर्दा १४१ जना सांसद पुग्छ । यो अवस्थामा प्रचण्ड फेरि बुढानीलकण्ठको बाटोमा फर्किन्छ भन्ने कांग्रेस नेताहरूको विश्लेषण छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीमा आफ्नो माग बमोजिम संसदीय छानबिन समिति गठनका लागि अग्रसरता देखाएपछि प्रधानमन्त्री प्रचण्डप्रति कांग्रेस सकारात्मक छ । जबकि एमालेसँग सत्ता सहकार्य गरेपछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले ‘राजनीतिक बेइमान’को संज्ञा दिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीमा रास्वपा सभापति लामिछानेलाई बोकेर पेल्न खोज्दा प्रधानमन्त्री प्रचण्डले स्पेस दिएको कांग्रेस नेताहरूको बुझाइ छ ।

‘यो गठबन्धन बनेपछि प्रचण्डजीलाई कांग्रेसका नेता–कार्यकर्ताले यति गाली गरे, यति सरापे । केपी ओलीसँग मिल्नुपर्छ...मिल्नुपर्छ भनेर सबैले भाषण गरे । अहिले कांग्रेसको नेतृत्व तहमा बरु प्रचण्डैसँग मिल्नुपर्छ भन्ने मत बलियो देखिन्छ,’ उनले भने ।

ती पदाधिकारीका अनुसार कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरेर स्थिरताको बाटोमा जानुपर्छ भन्ने मत यो डेढ–दुई महिनामा ओलीको हेपाइले शिथिल भएको छ । कांग्रेसका लागि अब कम्फर्टेबल एमालेभन्दा माओवादीसँग हुने देखिएको कांग्रेस नेताहरू बताउँछन् ।

‘हामीले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्दा माओवादी नेताहरू एमालेलाई खोज्थे त्यतिकै भनेको हो कि केही भइरहेको छ भनेर । त्यसको तुरुन्त तरङ्ग आइहाल्थ्यो । यो नेपाली राजनीतिमा धेरै प्रयोग भएको फर्मुला हो ,’ उनी भन्छन् ।

एक–दुई दिनमा कांग्रेस शीर्ष नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेट्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि राष्ट्रिय राजनीतिको प्रस्ट चित्र आउने ती नेताको भनाइ छ । 

उच्च कूटनीतिक स्रोतका अनुसार नेपालको सत्ता राजनीतिमा चासो राख्ने छिमेकी मुलुक भारतले पनि कांग्रेस र एमालेको सहकार्यको पक्षमा छैन । ‘आजका दिनसम्म भारत प्रचण्डको विकल्पको पक्षमा छैन । एमालेसँग सत्ता समीकरण बनाउनुको पछाडि चीन फ्याक्टर होइन कांग्रेससँगको आन्तरिक समस्या हो भनेर प्रचण्डजीले भारतलाई प्रस्ट पारेका परेको बुझिएको छ । त्यसैले भारतले प्रचण्डले गठबन्धन फेरे पनि धोका दिएको ठानेको छैन,’ स्रोत भन्छन् ।

  • ओली–प्रचण्डको प्रयोगमा सचेत

कांग्रेसका केही नेता भने सत्ताको खेलमा प्रचण्ड र ओलीले कांग्रेसलाई देखाएर एक–अर्कालाई साइजमा राख्न संवाद थालेको हुन सक्ने विश्लेषण गरिरहेका छन् । कांग्रेस नेताहरूका अनुसार प्रचण्डले ओलीलाई साइजमा राख्न र ओलीले प्रचण्डलाई साइजमा राख्न कांग्रेस प्रयोग गरेको हुनसक्छ । 

एउटा विन्दु (२०७९ फागुन)मा एमाले पनि यसरी नै प्रयोग भएको कांग्रेस महामन्त्री गगन थापा सुनाउँछन् । ‘हामीले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्दा माओवादी नेताहरू एमालेलाई खोज्थे त्यतिकै भनेको हो कि केही भइरहेको छ भनेर । त्यसको तुरुन्त तरङ्ग आइहाल्थ्यो । यो नेपाली राजनीतिमा धेरै प्रयोग भएको फर्मुला हो ,’ उनी भन्छन् ।

थापाका अनुसार तत्कालीन कांग्रेससहितको गठबन्धनमा उपेन्द्र यादव र माधव नेपालले एमाले देखाएर माओवादी र कांग्रेसलाई आफ्नो डिमान्ड पूरा गराउन बाध्य बनाउँथे । ‘ओलीले मलाई सबै कुरा दिइसक्नुभयो भनेर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ मा आफू चुनाव लड्ने व्यवस्था मिलाउनु भयो । माधव नेपालले किसान श्रेष्ठको घरमा ओलीलाई भेटेर आएपछि ओलीजी सच्चिनु भएछ । उहाँमा ठुलो परिवर्तन पाएँ मैले । उहाँको कुरा सकारात्मक छ भन्न थाल्नुभयो,’ उनी सुनाउँछन् ।

जेठ १६ मा देउवा निवासमा विपक्षी दलको बैठकमा माधव नेपाल सहभागी भए । माधव नेपाल बुढानीलकण्ठ आउँदा रातारात तरङ्गित भएर प्रचण्ड र ओलीले भेटे ।

माधवको उक्त कुरा प्रचण्ड र देउवाले बुझिहाले । त्यसले आलोपालो प्रधानमन्त्रीमा माधव नेपालको नाम प्रवेश भयो । त्यसअघि तीन वर्ष प्रचण्ड र दुई वर्ष देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।  माधव नेपाललाई आलो–पालोमा मिलाउँदा प्रचण्डको एक वर्ष र देउवाको ६ महिना अवधि कट्टा भयो । हिजो यसरी ओलीको नाम भजाएर सबैले भाग लिने गरेको देखिन्थ्यो ।

सत्ता गठबन्धनमा अहिले कांग्रेस कार्ड देखाएर केही समय भाग लिने कुरा भइरहेकोमा कांग्रेस नेताहरूमा आशङ्का छ । ‘प्रधानमन्त्रीले परिणाम दिने गरी संवाद चाहेका हुन कि कांग्रेसलाई प्रयोग गर्ने पालो आएको हो भन्ने विश्लेषण हामीभित्र छ,’ उनी भन्छन् । 

जेठ १६ मा देउवा निवासमा विपक्षी दलको बैठकमा माधव नेपाल सहभागी भए । माधव नेपाल बुढानीलकण्ठ आउँदा रातारात तरङ्गित भएर प्रचण्ड र ओलीले भेटे । माधव नेपालले सुदूरपश्चिमको सरकारलाई पक्का गराए र मधेसको नयाँ सरकारमा सहभागी भए । ‘कांग्रेससँग मिलिदिऊ...कांग्रेससँग मिलिदिऊ भन्ने आफ्नो धन्दा चलाइराख्ने पनि हुन सक्छ । कांग्रेस प्रतिपक्षी भावबाट प्रस्तुत नहुँदा रणनीतिक रूपमा काम हुन सकेको छैन ,’ महामन्त्री थापा भन्छन् ।

बजेटमाथि एमाले अध्यक्ष ओलीको विरोधलाई पनि कांग्रेसले रणनीतिक रूपमा लिएको छ । एमालेको विरोधका बिचमा कांग्रेसले बजेट फेल गर्ने पक्षमा नरहेको लेखकले अर्थपूर्ण जवाफ दिएका छन् ।

कांग्रेस नेताहरूले बेला बखत कांग्रेस–एमाले र पुरानो गठबन्धन ब्युँतिन सक्ने सङ्केत गरेर दिने अभिव्यक्तिले कार्यकर्तालाई अलमलमा राखेको उनको बुझाइ  छ । अब कार्यकर्तालाई पार्टी ८४ सम्म प्रतिपक्षमा रहने सन्देश दिने उनको प्रयास देखिन्छ । तर, सत्ता राजनीतिको रणनीतिक खेलबाट कांग्रेस बाहिर निस्किने देखिएको छैन । विगतमा ओलीले मिसन ८४ को भाष्य निर्माण गरेर सत्तामा फर्किन अन्तर्यमा गरेको गृहकार्यलाई ध्यानमा राखेर कांग्रेस अगाडि बढ्ने तयारीमा छ ।

‘सरकार भित्रभित्रै तयारी गरेर ल्याउने हो । तर, पार्टी पङ्क्तिलाई प्रतिपक्षका लागि तयार गर्नुपर्‍यो । केपी ओलीलाई प्रयोग गरे पनि पार्टी पङ्क्तिलाई मिसन ८४ को नारा दिँदा हामी लामो समय प्रतिपक्षमा हो भन्ने प्रचार भयो,’ कांग्रेसका एक नेताले भने, ‘तर, उहाँले सरकारको यत्रो खेल खेल्नु भयो । हामी सरकारको खेल खेल्नुपर्नेमा कमजोर र हल्लामात्र ज्यादा हुने । सरकारको आन्तरिक रूपमा खेल्ने हो ।’ 

  • बजेटमा मौन समर्थन

बजेटमाथि एमाले अध्यक्ष ओलीको विरोधलाई पनि कांग्रेसले रणनीतिक रूपमा लिएको छ । एमालेको विरोधका बिचमा कांग्रेसले बजेट फेल गर्ने पक्षमा नरहेको लेखकले अर्थपूर्ण जवाफ दिएका छन् । ‘हामी बजेट फेल गर्ने पक्षमा छैनौँ । बजेट फेल गर्नुहुँदैन,’ उनले भने । 

एमाले बजेटको विपक्षमा उभिए हुँदा पनि कांग्रेसले साथ दिने लेखकले सङ्केत गरे । ‘एमाले बजेटको विपक्षमा उभिए हामी के गर्ने सल्लाह गर्छौँ । तर, बजेट फेल गर्ने पक्षमा कांग्रेस छैन,’ उनले भने । एमाले संसदीय दलका नेताले नै बजेटमा विमति राखेकोले असार ७ सम्म कांग्रेस पर्ख र हेरको रणनीतिमा रहेको लेखकको भनाइ छ । ‘सांसदले रोष्टममा बजेटको आलोचना गर्ने कुरा स्वाभाविक हो । त्यो ठिक छ,’ उनी भन्छन्, ‘तर नेताले नै बजेट बेठिक छ भनिसक्नु भएकाले उहाँहरू के गर्नुहुन्छ ? सात गतेसम्म हेरौँ न । बजेट फेल गर्न लाग्नु हुन्छ कि ?,’

ओलीले सरकारमा बसेर सबै लाभ लिन र सरकारको जिम्मेवारी नलिने रणनीति बनाएको उनी बताउँछन् । एमाले, रास्वपा, अशोक राईका पार्टीका मन्त्रीमा पनि ओलीको कन्ट्रोलमा हुँदा प्रधानमन्त्री प्रचण्डलाई अनकम्फर्टेबल बनाएको कांग्रेस नेताहरूको बुझाइ छ । एमाले र रास्वपा नै सरकारको आलोचनामा उत्रिएपछि प्रधानमन्त्री प्रचण्डको विषयमा कांग्रेस रणनीतिक रूपमा मौन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप