पुटिनको उत्तर कोरिया भ्रमणबारे के भन्छ चीन ?
![पुटिनको उत्तर कोरिया भ्रमणबारे के भन्छ चीन ?](https://npcdn.ratopati.com/media/news/ce2079bd-c3dd-44f8-b0f5-8b5edb28e466.jpg_1qXfD8EM9w.webp)
प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले स्वागत गरेका थिए ।
प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए । सबैको हातमा रुसी र उत्तर कोरियाको झन्डा थियो ।
राष्ट्रपति पुटिन र किम जोङ उन औपचारिक स्वागत समारोहका लागि प्योङयाङ सेन्ट्रल स्क्वायर पुगेका थिए । कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन् ।
रसियन टुडेका अनुसार, स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो । रुसी राष्ट्रपतिलाई स्वागत गर्न सर्वसाधारणहरूको त्यहाँ ठुलो भिड थियो । त्यहाँ सैन्य टुकडी पनि उपस्थित थिए । पुटिनको भ्रमणमा किमले व्यापक खर्च गरेको देखिन्छ ।
पुटिन र किमबिचको भेटवार्तालाई चीनले स्वागत गरेको छ । पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए । सो भ्रमणमा पुटिनले आफू र चीनका सी जिनपिङ ‘दाजुभाइ जस्तै नजिक’ रहेको घोषणा गरेका थिए । आफ्नो परम्परागत सम्बन्ध भएका देशहरूसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्ने रुसको प्रयासको बेइजिङले स्वागत गर्ने पुटिनको प्योङयाङ भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'
-
ब्राजिलका विद्यालयमा लागू भयो स्मार्टफोनमा प्रतिबन्ध
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड