जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरु मिलेर लुटेः सांसद झा
बुधबार, ०५ असार २०८१, १४ : ०६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरुले मिलेर लुट मच्चाइरहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए ।
उनले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन्। त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु