सांसद खतिवडाको प्रश्न : पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ कि मिल्दैन ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इङ्गित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् ।
उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्यो बारे के सोचेको छ । सरकारले त्यसको जवाफ दिओस् । संविधानमा के छ ? त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु ।’
उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानुनी प्रक्रिया नपुर्याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘ साथै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, गर्न सत्तारुढ दलमा रस्साकस्सी भएको छ । कानुनी प्रक्रिया नपुर्याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढ्यो भन्ने आएको छ । त्यसको बारेमा जवाफ दिइयोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप