बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

कवाडी व्यवसायीहरूमाथि प्रहरी धरपकड : संसदमा प्रभु साह र अमरेशको आक्रोश

बुधबार, ०५ असार २०८१, १३ : ४५
बुधबार, ०५ असार २०८१

काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रभु साहले साङ्केतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरूमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । 

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले साङ्केतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरूमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका हुन् । उनले साङ्केतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे । उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए । 

उनले भने, ‘साङ्केतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाडी व्यवसायीहरू साङ्केतिक जुलुसमा थियो । साङ्केतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, साङ्केतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’

यस्तै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पनि कवाडी व्यवसायीहरूमाथि सरकारले दमन गरेको बताए । उनले मधेसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रङ्गभेदको आन्दोलन सुरु हुने खतरा देखिएको बताए । 

उनले काठमाडौँलाई रण मैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप