दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो ।
बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताए । उनले किसानहरूले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेको बताए ।
बर्तौलाले भने, ‘किसानले सरकार र निजी डेरीहरूलाई दुग्ध पदार्थ बेच्नुभयो । दूध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे । दुग्ध विकास संस्थान र निजी डेरीहरूले ५देखि ६ अर्ब किसानहरूलाई तिर्नुपर्ने छ । भुक्तानी नपाउँदा उहाँहरू पीडित हुनुहुन्छ, गाई वस्तुलाई पिठो र दाना किन्न सक्ने अवस्था समेत किसानको छैन ।’
यस्तै, बिहानै पक्राउ परेका किसानलाई भेटेर आएको उल्लेख गर्दै प्रमुख सचेतक बर्तौलाले किसानको भुक्तानी दिन बाँकी बक्यौता तत्काल तिर्ने वातावरण बनाउन अर्थ मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउँदै भुक्तानीका लागि माग गरे ।
‘यो विषयमा म विशेषगरी कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहन्छु । राज्यको तर्फबाट तिर्नुपर्ने र राज्यले वातावरण बनाइदिएर निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी बक्यौता अभिलम्ब भुक्तानी गरियोस् भन्ने जोडदार माग गर्छु’ बर्तौैलाले भने ।
उनले आन्दोलनरत किसानसँग सरकारले वार्ता गरी बाँकी बक्यौता भुक्तानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
निजी र सरकारी पक्षबाट दुग्ध किसानको बाँकी बक्यौता भुक्तानी हुनुपर्नेलगायतका माग सहित पीडित किसानहरू आजदेखि काठमाडौँमा आन्दोलनमा छन् । सरकारले पटक–पटक किसानसँग गरेको सम्झौता–सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली