बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
खेलकुद

युरोकप : विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी जर्मनी र हंगेरी आपसमा भिड्दै

बुधबार, ०५ असार २०८१, ११ : ५९
बुधबार, ०५ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार आयोजक राष्ट्र जर्मनीले हंगेरीको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१:४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार साँझ १८:४५ बजे क्रोएसियाले अल्बानियासँग भिडन्त गर्नेछ । बिहीबार बिहान ००:४५ बजे स्कटल्यान्ड र स्विट्जरल्यान्डबिच खेल हुनेछ । 

जर्मनी र हंगेरी प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा स्विट्जरल्यान्ड र स्कटल्यान्ड पनि रहेका छन् । जर्मनी र हंगेरी दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । जर्मनीले प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।

हंगेरी भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ गोलले हराएको थियो । तीन अंकसहित जर्मनी पहिलो र समान अङ्क बटुलेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा आसिन हंगेरी र चौथो स्थानमा रहेको स्कटल्यान्डले अङ्क जोड्न सकेका छैनन् । 

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा जर्मनी १६औँ र हंगेरी २६औँ स्थानमा आसिन छन् । जर्मनी युरोकप फुटबल प्रतियोगिताको सबैभन्दा बढी संस्करणमा सहभागिता जनाउने राष्ट्र हो । युरोकपमा जर्मनीको यो १४औँ सहभागिता हो ।

युरोकपमा आज 

  • क्रोएसियाविरुद्ध अल्बानिया : (राति १८:४५ बजे) 
  • जर्मनीविरुद्ध हंगेरी : ( राति २१:४५ बजे)
  • स्कटल्यान्डविरुद्ध स्विट्जरल्यान्ड : (बिहान ००:४५ बजे) 

जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो । आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनले उपाधि चुमेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तात्कालिन सोभियत संघलाई ३–० गोलले हराएको थियो ।

हालसम्म जर्मनीले तीपटक युरोकपको उपाधि चुमिसकेको छ । जर्मनीले सन् १९८० र सन् १९९६ मा पनि युरोकपको उपाधि उचालेको थियो । सन् १९८० को युरोकपको फाइनलमा तात्कालिन पश्चिम जर्मनीले बेल्जियमलाई २–१ गोलले हराएको थियो ।

सन् १९९६ को युरोकपको फाइनलमा भने जर्मनीले चेक गणतन्त्रलाई पराजित गरेको थियो । यसका अतिरिक्त जर्मनी तीनपटक युरोकपको फाइनलमा पराजित भएको छ । सन् १९७६ को युरोकपको फाइनलमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यसैगरी सन् १९९२ को युरोकपको फाइनलमा डेनमार्कले जर्मनीलाई २–० गोलले हराएको थियो । सन् २००८ को युरोकपको फाइनलमा स्पेनले जर्मनीलाई १–० गोलले पाखा लगाएको थियो । सन् २०१२ र सन् २०१६ को युरोकपमा भने जर्मनी सेमिफाइनलमा पराजित भएको थियो । 

अर्कोतिर, युरोकपमा हंगेरीको यो पाँचौँ सहभागिता हो । हंगेरीले सन् १९६४ को युरोकपमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसपछि हंगेरीले सन् १९७२, सन् २०१६ र सन् २०२० को युरोकप पनि खेलेको थियो । 

जर्मनीले विश्व फुटबलमा निकै लामो इतिहास बोकेको हंगेरीलाई कमजोर प्रतिद्वन्द्वी सम्झने भुल भने पक्कै गर्नेछैन । विगतमा धेरैपटक हंगेरीले अप्रत्याशित नतिजा निकाल्दै आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई स्तब्ध: पारिसकेको छ । जारी युरोकपको छनोट प्रतियोगितामा पनि हंगेरीको प्रदर्शन उत्कृष्ट रहेको थियो । हंगेरी आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो ।

आफ्नो पहिलो सहभागितामै हंगेरी तेस्रो भएको थियो । सन् १९६४ को युरोकपको तेस्रो स्थानका लागि खेलिएको खेलमा हंगेरीले डेनमार्कलाई अतिरिक्त समयमा ३–१ गोलले हराएको थियो । सन् १९७२ को युरोकपमा हंगेरी चौथो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि खेलिएको खेलमा बेल्जियमले हंगेरीलाई २–१ गोलले हराएको थियो । 

पछिल्लो फिफा वरीयता र युरोकपमा दुबै टोलीको विगतलाई केलाउँदा हंगेरीको तुलनामा जर्मनी निकै बलियो देखिन्छ । जारी विश्वकपमा पनि जर्मनीलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ । जर्मनीले जारी युरोकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई ठुलो अन्तरले हराएर यसको छनक पनि दिइसकेको छ । 

तर, जर्मनीले विश्व फुटबलमा निकै लामो इतिहास बोकेको हंगेरीलाई कमजोर प्रतिद्वन्द्वी सम्झने भुल भने पक्कै गर्नेछैन । विगतमा धेरैपटक हंगेरीले अप्रत्याशित नतिजा निकाल्दै आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई स्तब्ध: पारिसकेको छ । जारी युरोकपको छनोट प्रतियोगितामा पनि हंगेरीको प्रदर्शन उत्कृष्ट रहेको थियो । 

हंगेरी आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । अन्तिम चरणको छनोट प्रतियोगितामा हंगेरीले आफूले खेलेका आठमध्ये पाँच खेलमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो । यसको अर्थ हंगेरी छनोट प्रतियोगितामा अपराजित रहँदै युरोकपमा उपस्थित भएको हो । 

विश्व फुटबलमा जर्मनी र हंगेरी पुराना प्रतिद्वन्द्वी हुन् । जर्मनी र हंगेरीबिच हालसम्म खेलिएको खेलको तथ्याङ्क पनि निकै रोचक छ । यी दुई राष्ट्रबिच हालसम्म कुल ३७ खेल खेलिएको छ । त्यसमध्ये १३ खेलमा जर्मनीले हंगेरीलाई पराजित गरेको छ । १२ वटा खेलमा हंगेरीले जर्मनीलाई हारको स्वाद चखाएको छ । बाँकी १२ खेल भने बराबरीमा सकिएको छ ।

सन् २०२० को युरोकपमा पनि यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । सन् २०२२ मा खेलिएको यूईएफए नेसन्श लिगमा पनि जर्मनी र हंगेरीबिचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

यूईएफए नेसन्श लिगकै अर्को खेलमा हंगेरीले जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । जर्मनीले घरेलु मैदानमा हंगेरीविरुद्ध खेलेको पछिल्ला ६ मध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । सन् २०१६ मा खेलिएको खेलमा जर्मनीले हंगेरीलाई २–० गोलले हराएको थियो । पक्कै पनि जर्मनीका लागि यो दुःखद तथ्याङ्क हो । 

जारी युरोकपमा जर्मनी जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा छ । जर्मनीको टोलीमा बायर्न म्युनिखका म्यानुएल नेउर (गोलरक्षक), रियल म्याड्रिडका एन्टोनियो रुडिगर, बायर्न म्युनिखका जोसुआ किमिच, रियल म्याड्रिडका टोनी क्रुस, बायर्न म्युनिखका थोमस मुल्लर र लेरोय साने तथा बार्सिलोनाका ईल्की गुन्डोगन (कप्तान) जस्ता प्रभावशाली खेलाडी छन् ।

यसैगरी हंगेरीको प्रमुख प्रशिक्षक मार्को रोसी हुन् । युरोकप यात्रामा होमिएको हंगेरीको टोलीमा लिभरपुलका डोमिनिक सोबोस्जलाई (कप्तान), आरबी लिपजिगका पिटर गुलासी (गोलरक्षक), पार्माका बोटोन्ड बालोघ, बर्नमाउथका मिलोस किर्केजलगायतका क्षमतावान् खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप