प्रेममा परेकी हुन् अभिनेत्री श्रद्धा ?
![प्रेममा परेकी हुन् अभिनेत्री श्रद्धा ?](https://npcdn.ratopati.com/media/news/shraddha_kapoor_interview_feature_2_Sy6o7czKlj.webp)
नयाँ दिल्ली । यतिबेला बलिउडमा अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता तथा व्यवसायी जहीर इकबालको भव्य विवाह चर्चा चलिरहेको छ । यो जोडीले आफ्नो बिहेको औपचारिक घोषणा गरेका छैनन् । तर जुन २३ मा उनीहरुले कोर्ट म्यारिज गर्ने खबर आइरहेको छ । सोनाक्षीको विवाहको अड्कलबाजीबिच अभिनेत्री श्रद्धा कपूर आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा छिन् ।
श्रद्धा कपुरले आफू प्रेममा रहेको पुष्टि गरेकी छिन् । उनले लामो समयदेखि राहुल मोदीलाई डेट गरिरहेको हल्ला चलेको थियो । केही सञ्चारमाध्यमले उनी छिट्टै विवाह गर्ने योजना बनाइरहेको दाबी पनि गरेका थिए । यसैबीच श्रद्धा कपुरले राहुल मोदीसँगको आफ्नो सम्बन्धलाई अफिशियल गर्दै एउटा पोस्ट सेयर गरेकी छिन् ।
उनले इन्स्टाग्राम स्टोरीमा राहुलसँग एउटा सेल्फी पोस्ट गरेका छिन् । पोष्टमा मुटुको इमोजीको साथमा ‘मुटु राख तर निद्रा त फिर्ता देउ ।’ भनेकी छिन् । तस्बिरमा दुवैले सेतो पहिरन लगाएका छन् । श्रद्धा–राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’को सेटमा भएको बताइएको छ । यही सेटबाट दुवैको प्रेम कथा सुरु भएको हल्ला सुन्नमा आएको छ ।
अभिनेत्रीले आफ्नो सोशल मिडिया ह्यान्डलमा राहुलसँग खिचेको फोटो सेयर गरेको यो पहिलो पटक हो । हालै श्रद्धाले घाँटीमा ‘आर’ अक्षरको पेण्डेन्ट लगाएकी थिइन् । दुबै आफ्नो सम्बन्धप्रति निकै गम्भीर रहेको र यसलाई अगाडि बढाउन चाहिरहेको दाबीसहितका रिपोर्टहरू पनि आइरहेका थिए ।
कामको कुरा गर्ने हो भने श्रद्धाले एकपछि अर्को फिल्ममा देखिरहेकी छिन् । यतिबेला पाइपलाइनमा ‘स्त्री २’ छ । यो फिल्ममा उनी राजकुमार राव, अपारशक्ति खुराना र पंकज त्रिपाठीसँग देखिदैंछिन् । फिल्म १५ अगस्टमा हलमा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह