बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर तीन जनाको मृत्यु

बुधबार, ०५ असार २०८१, ११ : ४५
बुधबार, ०५ असार २०८१

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार    इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । 

यसैगरी सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको  छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । 

धादिङको  धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा पनि विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मंगलबार बेलुकी मृत्यु भएको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएकव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप