बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रचण्डको निर्देशन कार्यान्वयन हुनुपर्छ: भट्ट

बुधबार, ०५ असार २०८१, ११ : २९
बुधबार, ०५ असार २०८१

काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टले आफू संसदीय दलको नेतामा पुनर्बहाली हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय कार्यान्वयन कुरेर बसेको बताएका छन् । 

गत माघमा बहुमत सदस्यहरूले दलको नेताबाट भट्टलाई हटाएपछि संसदीय दलको विवाद बढ्दै गएको थियो ।

 विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले मंगलबार भट्टसहित सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, सहइन्चार्ज बिना मगर, अध्यक्ष हरिराम चौधरी, संसदीय दलका नेता मानबहादुर धामी लगायत संसदीय दलका नेताहरूलाई बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा भएको छलफलमा दलको नेतामा आफूलाई चयन गर्ने र सरकारमा सहभागी मन्त्रीलाई निरन्तरता दिन प्रचण्डले निर्देशन दिएको भट्टले बताए । उनले प्रचण्डको निर्देशन सबैले पालना गर्नुपर्ने पनि बताए । 

‘खगराजलाई दलको नेता बनाऊ भनेर अध्यक्षबाट स्पष्ट निर्देशन आएको छ । मन्त्रीलाई निरन्तर दिऊँ र दलको नेता फेरौँ भन्ने उहाँको निर्देशन थियो । प्रचण्डले दिएको निर्देशन नमान्ने वा कार्यान्वयन नहुने भए, त्यो उहाँको कुरा हो ’, सहमतिबारे उनले भने ।

अध्यक्षको निर्देशन पालना नभए अराजकता बढ्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप