संसदीय छानबिन विशेष समितिले दियो काममा तीव्रता, सीआइबीको रिपोर्ट लिँदै

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कामलाई तीव्रता दिएको छ । बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको बैठक जारी छ ।
अहिले कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल गरिरहेको समितिकी सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘आज सीआइबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट लिन्छौँ,’ उनी भनिन् ।
मंगलबार बसेको समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल भएको थियो । उनीहरुले कानुनी र व्यवहारिक पक्षको जानकारी गराएको थिए ।
समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय