बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पक्राउ

बुधबार, ०५ असार २०८१, ११ : ०३
बुधबार, ०५ असार २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर छन् ।

थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको सिराहाका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । ३१ जेठमा करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पण्डितले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप