जेलमा रहेको लरेन्स बिश्नोईले पाकिस्तानी ग्याङ्गस्टरलाई इदको बधाई दिएपछि भारतमा हङ्गामा
नयाँ दिल्ली । भारतीय ग्याङ्गस्टर लरेन्स बिश्नोईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसमा उनी आफ्ना एक साथीलाई इदको बधाई दिइरहेको देखिन्छन् । भिडियो साबरमति जेलको नभएको बताइएको छ ।
यो भिडियो भाइरल भएपछि कयौं प्रश्न उत्पन्न भएका छन् । लरेन्स बिश्नोई साबरमति जेलमा बन्दी छन् । उनलाई विशेष सुरक्षा भएको कोठामा राखिएको बताइएको छ । त्यहाँसम्म मोबाइल कसरी पुग्यो ?
गुजरातको जेलमा रहेकै बेला लरेन्शले पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्या गराएका थिए । अब जेलबाटै उनले पाकिस्तानी ग्याङ्गस्टर शहजाद भट्टीलाई इदको शुभकामना दिएका छन् । जेलबाटै यति हर्कत गर्न सक्ने भएपनि उनी जेलमा कति स्वतन्त्र छन् भनेर केहीले जेल प्रशासनमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि साबरमति जेल र गुजरात प्रहरीमाथि प्रश्न ठेका छन् । गुजरात प्रहरीले यसबारे पहिला त कुनै प्रतिक्रिया दिएको थिएन । तर पछि जेलका डीएसपीले यो भिडियो साबरमति जेलको नभएको अभिव्यक्ति दिएका छन् ।
भिडियो एआईबाट बनाइएको हुन सक्ने उनको भनाई छ । वर्षमा तीन ईद हुने भएकोले यो कुन ईदको भिडियो भने भनेर भन्न पनि गाह्रो रहेको उनले बताए । २ अर्ब भारुको लागु औषध मामिलामा गुजरातको एटीएसले लरेन्सलाई हिरासतमा लिएको थियो । त्यतिबेला देखि उनी साबरमति जेलमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे
-
६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
-
सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
-
मेलवादेवी गुरुङ : गीत रेकर्ड गराउने प्रथम नेपाली महिला
-
नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने
-
सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका दिनेशको हत्या भएकाे आशंका