बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्यानसँग झगडा गरिरहेको भिडियो भाइरल भएपछि हरिस रउफको स्पष्टीकरण

बुधबार, ०५ असार २०८१, १० : ४२
बुधबार, ०५ असार २०८१

काठमाडौँ । पाकिस्तानी क्रिकेटर हरिस रउफले भाइरल भिडियोबारे आफ्नो बचाउ गरेका छन् । भिडियोमा उनी एक व्यक्तिसँग झगडा गरिरहेको देखिन्छ।

पाकिस्तानी क्रिकेट टोली टी–२० विश्वकप खेल्न अमेरिका गएको छ । मंगलबार सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको थियो, जसमा हरिस रउफले क्रिकेट फ्यानसँग वादविवादका क्रममा संयम गुमाएको देखिन्छ । पाकिस्तान टी–२० विश्वकपबाट बाहिरिए पनि टोली अमेरिकामै छ ।

भाइरल भिडियोमा रउफ आफ्नी पत्नी मुजनासँग हिँडिरहेको देख्न सकिन्छ जब उनी फ्यानप्रति आक्रामक हुन्छन्। रउफ आफ्नी श्रीमती मुजना र त्यहाँ उपस्थित अन्य मानिसहरूले रोके पनि फ्यानतर्फ हाम्फालेको भिडियोमा देखिन्छ। भिडियोमा रउफ रिसाएको देखिन्छ । पछि मानिसहरूले हस्तक्षेप गरेपछि क्रिकेट फ्यान त्यहाँबाट हिँडेका थिए ।

ती व्यक्तिले रउफलाई पाकिस्तानी टोलीको हारको बारेमा गाली गरिरहेका थिए। भिडियोमा रउफले क्रिकेट फ्यानलाई उनी भारतीय हुनुपर्छ भनी भनिरहेको सुनिन्छ । तर फ्यानबाट जवाफ आउँछ– म पाकिस्तानी हुँ । 

भिडियोमा रउफले ती व्यक्तिलाई आक्रोशित भई भन्दैछन्– तिमी मेरो बुवाको विरुद्ध कसरी बोल्न सक्छौ ?

घटनापछि रउफले सम्पूर्ण मामिलामा स्पष्टीकरण दिएका छन्। आफ्नो एक्स अकाउन्टमा लेखिएको पोस्टमा रउफले भनेका छन्, ‘मैले यो कुरा सामाजिक सञ्जालमा नल्याउने निर्णय गरेको थिएँ तर अहिले भिडियो सार्वजनिक भएको छ । यस विषयमा मेरो धारणा व्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘सार्वजनिक जीवनमा भएकाले हामी सबै खालका प्रतिक्रिया सुन्न तयार छौँ । जनतालाई आलोचना गर्ने र समर्थन गर्ने अधिकार छ। तर जब मेरा आमाबुबा र मेरो परिवारलाई निशाना बनाइन्छ, म प्रतिक्रिया दिनबाट पछि हट्ने छैन । पेशा जस्तोसुकै होस्, मानिसहरू र तिनीहरूको परिवारको सम्मान गर्नु महत्त्वपूर्ण छ।’

रउफको प्रतिक्रियापछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले भने, ‘म हरिस रउफसँग सम्बन्धित घटनाको निन्दा गर्दछु। हाम्रा खेलाडीहरूविरुद्ध यस्तो हरकत अस्वीकार्य छ। यसलाई हामी कुनै पनि हालतमा सहने छैनौँ । यसमा जो कोही संलग्न छन् हरिस रउफसँग माफी माग्नुपर्छ ।’

यस मामिलामा पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान पनि हरिस रउफको समर्थनमा आएका छन् । उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘हरिस रउफसँग दुर्व्यवहार गर्ने व्यक्ति पाकिस्तानी होस् वा भारतीय हो, यसले फरक पर्दैन।’

‘महत्त्वपूर्ण कुरा यो हो कि व्यक्तिको कुनै शिष्टाचार छैन। कसैलाई पनि व्यक्तिको अनादर गर्ने अधिकार छैन र विशेष गरी जब ऊ आफ्नो परिवारसँग हुन्छ। यस्तो नराम्रो व्यवहार बन्द गर्नुपर्छ । सहिष्णुता, सम्मान र करुणा जस्ता मूल्यहरू निरन्तर घट्दै गएका छन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप