बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति (तस्बिरहरू)
समाचार

स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति (तस्बिरहरू)

बुधबार, ०५ असार २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएका छन् ।  राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।

20240619103635_IMG_4504_copy_1280x853 

राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । 

20240619104642_IMG_4576_copy_1280x853

सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

ramchandra poudel (1)

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

ramchandra poudel (2)ramchandra poudel (3)ramchandra poudel (4)ramchandra poudel (5)ramchandra poudel (6)ramchandra poudel (7)ramchandra poudel (8)ramchandra poudel (10)ramchandra poudel (11)ramchandra poudel (12)ramchandra poudel (13)ramchandra poudel (14)ramchandra poudel (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया