बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

बुधबार, ०५ असार २०८१, ०९ : ५०
बुधबार, ०५ असार २०८१

काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता÷सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप