टी–२० विश्वकपमा टोलीको खराब प्रदर्शनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद

काठमाडौँ । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।
केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । २०२४ को टी–२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड टोलीको प्रदर्शन राम्रो रहेको थिएन । न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बिदा भएको थियो ।
वेस्ट इन्डिज र अफगानिस्तानसँग न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । यही कारण केन विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका हुन् । केन विलियम्सनले आफूले विदेशी टी–२० लिगमा खेल्नुपर्ने भएकाले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त