नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बङ्गलादेशका बलरलाई आईसीसीले गर्यो कारबाही

काठमाडौँ । टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ ।
उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।
नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए । उनले टी–२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् । यद्यपि यो रेकर्ड पछि लोकी फर्गुसनले तोडेका थिए, तर यो तन्जिम हसनको करियरको उत्कृष्ट बलिङ स्पेल थियो ।
सोही खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । बङ्गलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुबैबिच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए ।
खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए ।
तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए । तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो ।
बास्तावमा घटना के भएको हो भन्नेबारे नेपाली कप्तान पौडेलले खेल सकिएपछि (सोमबार –३गते)भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो। मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भनेँ । अरु केही पनि हैन।’
यही कारणआईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।
यस खेलमा बङ्गलादेशको प्रदर्शन राम्रो रह्यो । टोलीको ब्याटिङले काम गर्न सकेन तर बलरले टोलीलाई एकतर्फी जित दिलाए । पहिले खेलेको बङ्गलादेशको टोली १९.३ ओभरमा १०६ रनमा सीमित भयो । तर, जवाफमा नेपालले १९.२ ओभरमा ८५ रन मात्रै बनाउन पाएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।