बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

हतियार नदिएपछि अमेरिकासँग रिसाए नेतान्याहु

बुधबार, ०५ असार २०८१, ०९ : ०७
बुधबार, ०५ असार २०८१

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनसँग रिसाएका छन् । आफूहरूलाई हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप उनले लगाएका छन् । ‘जब अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन इजरायल आएका थिए मैले उनीसँग कुरा गरेको थिए । अमेरिकाले युद्धको सुरु देखि इजरायललाई दिएको समर्थनको म कदर गर्छ भनेर भनेको थिएँ ।’ नेतान्याहुले भनेका थिए ।

‘तर मैले उन अरु कुरा पनि भनेको थिएँ । विगत केही महिनादेखि बाइडेन प्रशासनले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिलाइ गरेको चाँहि आफ्नो बुझाई बाहिर रहेको भनेर मैले भनेको थिएँ ।’ नेतान्याहुले भनेका छन् । इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र हो । यतिबेला उ आफ्नो जीवनको लागि दुबैको शत्रु देशहरू लडिरहेको उनले बताए ।

बाइडेन प्रशासनले यी अवरोधहरू हटाउन चौबीसै घण्टा काम गरिरहेको ब्लिन्केनले आश्वासन दिएका थिए । दोस्रो विश्वयुद्धका बेला चर्चिलले अमेरिकालाई ‘हामीलाई हतियार देऊ, हामी युद्ध समाप्त गर्नेछौँ ।’ भनेर भनेका थिए । आफूले पनि अमेरिकालाई यही भनिरहेको तर बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गरेको उनको चित्त दुखाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप